एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को खुलेर बिरोध गरेका छन्।

राष्ट्रपति ट्रम्पले डब्लुएचआले चीनको पक्ष लिएको भन्दै चर्को आलोचना गरेका छन्। डब्लुएचओको पछिल्लो भूमिकाका विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्प भड्किएका हुन्।

डब्लुएचओले अमेरिका कोरोनाको केन्द्रबिन्दु बन्न सक्ने चेतावनी दिएको थियो। ट्रम्पले भने, ‘पछिल्लो समय विश्वभरिका धैरै मानिस डब्लुएचओको भूमिकाप्रति निराश छन् जुन निकै गलत हो।’

अमेरिकामा कोरोना संक्रमितको संख्या अत्यधिक मात्रामा बढ्दै गएपछि डब्लुएचओले अमेरिकाको समस्या भयावह हुने चेतावनी दिँदै आएको छ।