काठमाडौं, १४ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणका क्रममा झडप हुँदा चार जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गर्दा उक्त झडप भएको थियो।
शुक्रवार झडपका क्रममा सुरक्षाकर्मीको गोलि लागेर प्रदर्शनकारीको मृत्यु भएको हो।
मोदीको बंगलादेश भ्रमणको विरुद्दमा केहिदिन अघि देखि नै विरोध प्रदर्शन चलिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन्।