काठमाडौं, ७ माघ । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन्। गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लागेका हुन्।
ट्रम्पले आफ्नो हार स्विकार नगरेपनि सत्ता हस्तान्तरण गर्न बाध्य भएपछि संवैधानिक व्यवस्था अनुसार आज शपथ हुन लागेको हो।
शपथ लगत्तै बाइडेनले आजैबाट कार्यभार समाल्नेछन्। ह्वाइट हाउसमा पहिलो दिन नैं बाइडेनले ट्रम्प प्रशाशनले गरेका केही महत्वपूर्ण र दुरगामी असर पार्ने विवादास्पद निर्णय खारेज गर्ने संभावना छ।
शपथ समारोहकै लागि राजधानी वासिङ्टन डिसीलगायत देशका सबै ५० राज्यमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । डिसीमा मात्रै १० हजार नेशनल गार्ड तैनाथ गरिएको छ।