काठमाडौं, २९ पौष । राष्ट्रपति ट्रम्पले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा आपतकालको घोषणा गरेका छन्।

यही जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि सो शहरमा आपतकाल घोषणा गरिएको हो।

आफूलाई महाअभियोगको प्रस्ताव पेश गरेपछि रुष्ट बन्नुभएका ट्रम्पले शपथ ग्रहण समारोहलाई प्रभावित गर्ने उद्देश्यले आपतकाल घोषणा गरेको विश्लेषण गरिएको छ।

साथै आपतकालको समयमा ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

यसअघी अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले ट्रम्पका समर्थकहरुले अमेरिकाको ५० वटा राज्यहरुमा हतियार सहित प्रदर्शन हुन लागेको खुलासा गरेको थियो।