काठमाडाैं। नयाँ नयाँ प्रविधि र आविष्कारहरू भित्रिने क्रमसँगै माइक्रो ब्लगिङ साइट ट्विटरले हालैका दिनहरुमा एक नयाँ फिचरको परीक्षण भैरहेको जानकारी दिएकाे छ।

fleets नाम दिइएको उक्त फिचर अन्तर्गत म्यासेन्जर र इस्टाग्राम स्टोरिज जस्तै २४ घण्टामा आँफै हराउने खालका ‘वान डे ट्विट’ गर्न सकिनेछ।

ब्राजिलमा मात्रै परीक्षण गरिरहेको ट्विटरको यो फिचरकाे रोचक तथ्य २४ घण्टामा आफै डिलिट हुने ट्विटलाई रिट्विट गर्न सकिने छैन भने त्यस्ता ट्वीटमा लाइक अप्सन पनि नहुने वताइएकाे छ। साथै यस्तो ट्विटमा गरिने रिप्लाइ सामान्य ट्विटमा देखापर्ने कमेन्ट्सको रुपमा नभइ ट्विटकर्तालाई डाइरेक्ट मेसेजको रुपमा प्राप्त हुनेछ।

फेसबुक तथा इन्स्टाग्राम भन्दा निकै फरक रहेकाे ट्वीटरकाे यस्ताे फ्लिट्स फिचर निकै फलदायी हुने बताइएको छ । हाल ब्राजिलमा परीक्षण भइरहेको यो फिचरलाई ट्वीटरले कहिलेदेखि आधिकारिक रुपमा सार्वजनिक गर्ने हो भन्ने चाहिँ खुलेको छैन।