ईटहरी, १८ माघ । प्रदेश १ नेपाल टेलिकमको सम्पूर्ण सेवा प्रभावित भएको छ।
अप्टिकल फाइबरमा समस्या देखिदाँ सेवा प्रभावित भएको र मर्मतको काम भइरहेको टेलिकमले जनाएको हो।
आइतबार बिहान करिब साढे ३ बजेदेखि बर्दिबासमा फाइबरमा समस्या देखिँदा त्यसको असर पूर्वका जिल्लाहरुमा परेको हो।
फाइबरमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले काम गरिरहेको छ। सेवा सुचारुका लागि केही घण्टा समय लाग्ने टेलिकमले जनाएको छ।
बिहानैबाट टेलिकममा समस्या हुँदा मोबाइल, इन्टरनेट, र ल्याण्डलाइन फोन सेवा प्रभावित भएको छ।