एजेन्सी,१८ साउन । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनका लागि अन्तरिक्ष यानमा उडान सुरु गरेका छन्।उनीहरु ड्रयागन एनडेभर क्याप्सूल यान अन्तरिक्ष स्टेशनबाट अनडक गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ।

उनीहरु स्थानीय समय अनुसार आइतबार दिउँसो दुई बजेर ४० मिनेट जाँदा फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण गर्ने अपेक्षा छ।उनीहरुको सफल अवतरणपछि अमेरिका अमेरिका पुनः पूर्णरुपमा अन्तरिक्षण सेवामा निपूर्ण रहेको प्रमाणित हुनेछ।

अमेरिकी अन्तरिक्षा एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको हो। ड्रयागन क्याप्सुल स्पेसएक्सले उपलब्ध गराइ उसैले सञ्चानल गरिरहेको छ। सो यान चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनमा गएको मे ३१ मा प्रवेश गरेको थियो।

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए।

हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको मे ३० मा अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ९ वर्ष पहिले शटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द गरेको थियो। त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो।

यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युगको थालनी गरेको हो।