एजेन्सी, २ चैत्र । क्रिष्टियानो रोनाल्डोलाई फुटबलमा महान खेलाडी पेलेले बधाई दिएका छन्। औपचारिक खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रोनाल्डोले आफ्नो नाममा लेखाएका छन्। यसअघि यो कीर्तिमान पेलेको नाममा थियो।
रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति काग्लिएरीसँग भएको खेलको सुरुको ३२ मिनेट भित्र तीन गोल गरे। उनले आफ्नो खेल जीवनमा ७७० गोल गरेका छन्। यो पेलेले खेल जीवनमा गरेको भन्दा तीन गोल बढि हो। उनले आफ्नो खेल जीवनमा ७६७ गोल गरेका थिए।
पेलेले इन्स्टाग्राम मार्फत रोनाल्डोलाई बधाइ दिएका हुन्। उनले लेखेका छन्, ‘जीवन एक्लो उडान हो । रहेक यात्राले आफ्नै गन्तव्य तय गर्छ। र तिमीले कति सुन्दर यात्रा गरिरहेका छौँ। म तिमीलाई अति सम्मान गर्छु, तिमी खेल्दै गरेको हेर्न आनन्द लाग्छ र यो कुरा कसैबाट छिपेको छैन। औपचारिक खेलमा मैले बनाएको गोल कीर्तिमान भंग गरेकोमा धेरै बधाई।’
केही रिपोर्टहरुमा यसलाई विश्व कीर्तिमान पनि भनिएको छ। तर चेक फुटबल एसोसिएसनले भने सर्वाधिक गोलकर्ताको कीर्तिमान अस्ट्रिया र चेकोस्लोभाकियाका पूर्व स्ट्राइकर जोसेफ बिकानको नाममा रहेको दाबी गर्छ। बिकानले ८२१ गोल गरेको दाबी चेक फुटबल एसोसिएसनको छ।
तर रेक.स्पोर्ट.स्कोरको तथ्यांकमा भने बिकानले खेल जीवनमा ८०५ गोल गरेको उल्लेख छ। तर उनले गरेका २७ गोल औपचारिक अन्तर्राष्ट्रिय खेलमा गरिएका गोल होइनन्। यसले गर्दा उनको औपचारिक गोल संख्या ७५९ हुन आउँछ।
रोनाल्डोले पेलेप्रति आफ्नो असीमित सम्मान र आदर रहेको बताएका छन्।