दाङ्ग, १९ पौष । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैछ । उपाधिका लागि विभागीय टोली एपीएफ र प्रदेश १ ले प्रतिस्पर्धा गर्नेछन्।

दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल बिहान ११ बजबाट सुरु हुनेछ। आजको खेलमा दुबै टोलीको लक्ष्य उपाधि जित्ने हुनेछ।

साविकाको विजेता समेत रहेको एपीएफ आजको खेलमा सहज जित निकाल्दै उपाधि जित्ने  योजनामा छ। तर, बलियोे प्रदेश १ विरुद्ध एपीएफलाई जित निकाल्न सहज भने छैन।

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको प्रदेश १ पहिलो पटक उपाधि उचाल्ने योजनामा रहेको छ। समूह चरणका तीन खेल र सेमिफाइनलको खेलमा प्रदेश १ ले सहज जित निकालेको छ।

यता एपीएफ पनि आजको  खेलममा सहज जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा रहेको छ। साविकको विजेताका हिसावले पनि एपीएफलाई दबाब छ।