काठमाडौँ, ७ साउन । इण्डियन प्रिमियर लिग (आइपिएल) यस बर्ष हुने भएको छ। आइपिएल टी-२० क्रिकेट प्रतियोगिता युएईमा हुने भएको हो। आगामी बैठकले आइपिएल युएईमा गर्ने औपचारिक घोषणा गर्ने आइपिएलका अध्यक्ष ब्रिजेस पटेलले बताएका छन्।

आइपिएलको लागि भारतिय सरकारसँग अनुमति मागिएको जनाइएको छ। आइपिएलको लागि युएईको दुबई, अबुधावी र शारजाहमा गर्न प्रस्ताव गरिएको छ।
आइपिएल युएईमा गरिनेबारे औपचारिक जानकारी गराउन बाकीाँ रहेको छ। खेल दर्शकबीना नै हुने बताइएको छ।