एजेन्सी, ३ असार । जर्मनीको फुटबल बुन्डेसलिगाको गएराति भएको खेलमा बार्यनले वेडरमाथि १-० को जित हासिल गर्दै बायर्न म्युनिखले उपाधि जितेको छ।

कोरोना भाइरसको जोखिमका कारण दर्शक विनाको स्टेडियममा खेल खेलाइएको थियो। रोबर्ट लेवेनडोस्कीले खेलमा निर्णायक गोल गरेका थिए।

दुई खेल बाँकी रहँदै बायर्नले उपाधि जितेको हो। दोस्रो स्थानमा रहेको बोरुसिया डर्मन्डको ६६ अंक रहँदा बार्यनको ७६ अंक पुगेको छ।

बायर्नले लगातार आठ वर्ष उपाधि जितेको हो। सन् २०१३ यता जर्मन लिगको उपाधिमा बायर्नको बर्चश्व रहँदै आएको छ।