एजेन्सी, १ असार । मैत्रीपूर्ण खेलमा लण्डन क्लब चेल्सीले फराकिलो जित हात पारेको छ।आईतबार भएको मैत्रीपूर्ण खेलमा क्युपीआरलाई ७–१ गोल अन्तरले हराएको हो।

चेल्सीको जितमा मिडफिल्र रुबेन लोफ्टस चीक र बिली गिलमरले दुई दुई गोल गरे।मासन मौन्ट, विलियन र ओलिभर जिराउडले समान एक एक गोल गरे। फ्रान्क लाम्पार्डले प्रिमियर लिगको अबरुद्ध सिजन सुरु हुनै लाग्दा प्रभावशाली जित आत्मसाथ गरे।

लोफ्टस चिकले पछिल्लो सिजनदेखि चेल्सीको सिनियर टिमबाट खेल्न पाएका छैनन्।चोटका कारण उनी मैदान बाहिर रहेका थिए।च्याम्पियनसिप टोली क्युपीआरबिरुद्ध एनगोलो कोन्टेले सुरुवातमै मैदानमा उत्रिएका थिए।उनी यसै हप्तामात्र पूर्णकालिन अभ्यासमा फर्किएका हुन्।

बन्द रंगशालामा अघिल्लो खेलमा रिडिङसंग १–० ले पराजित भएपछि चेल्सीले प्रभाव देखिने जित निकालेको हो।लण्डन क्लबले अर्को आईतबार एस्टन भिल्लासंग खेल्दै लिगको सुरुवात गर्नेछ।

लाम्पार्ड नेतृत्वको चेल्सी लिगको चौथो स्थानमा रहेको छ।कोरोना भाईरसको महामारीका कारण गत मार्चबाट लिग अबरुद्ध अवस्थामा रहेको छ।चेल्सीले पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ३ अंकको अग्रता लिएको छ।

मैत्रीपूर्ण खेलमा चेल्सीका १८ बर्षिया खेलाडी गिलमरको प्रर्दशन उल्लेख्य रह्यो।उनले स्टामफोर्ड ब्रिजमा आफ्नो भविष्य रहेको संकेत गरे। चेल्सीले एस्टन भिल्लासंग आगामी आईतबार र जुन २५ मा म्यान्चेष्टर सिटीसंग खेल्नेछ।