काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी भूमिलाई भारतले आफ्नो नक्सामा राखेपछि नेपाली सुरक्षाकर्मीको टोलीले व्यास गाउँपालिकाको गागामा बोर्डर आउट पोस्ट स्थापनाको लागि त्यसतर्फ गएको छ।

नेपाली भुमि मिचिएको व्यास गाउँपालिकाको उक्त क्षेत्रको वडा नम्बरमा पर्ने १ छाङरुको गागामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय भएकोमा एपीएफ टोली त्यसतार्फा गएको हो।

सरकारको पोष्ट राख्ने निर्णय कार्यान्वयनका लागि सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म हेडक्वाटरबाट मंगलबार टोली निरीक्षणमा गएको सशस्त्र प्रहरी बलले जनाएको छ।

गागा जाने उक्त टोलीमा सशस्त्रका डीएसपी डम्बरबहादुर विष्टको नेतृत्त्वमा १५ जना त्यसतर्फ गएका छन्।

भारतले व्यास क्षेत्रको कालापानी, लिपुलेक लगायत नेपाली भूमि गाभेर नयाँ नक्सा जारी गरेपछि सुरक्षाकर्मी पहिलोपटक व्यास हिँडेका हुन्।