काठमाडाैँ, २४ चैत्र । आफुलाइ बदनाम गराइ चरित्र हत्या गर्न नियाेजित ढंगबाट विवादित शंकरदेव क्याम्पसकाे भर्नाकाे विषयमा मुछेकाे क्याम्पसका नेविसंघ इकाइ सभापति विवेक लामाले दाबी गरेका छन्।

पुतलिसडक स्थित शंकरदेव क्याम्पसमा दुइ साता अगाडी बिबिएम भर्नाकाे विषयमा विवाद उत्पन्न भएकाे थियाे। विवादमा इकाइ सभापति लामाकाे नाम समेत अगाडी आएकाे थियाे। नयाँ विद्यार्थीलाइ भर्ना गरिदिने भनी उनान्चालिस हजार रूपैयाँ घुस बापत लिएकाे भनी उनकाे नाम पाेलिए पछि विवादले उग्र रूप लिएकाे थियाे।

इकाइ सभापति लामाका अनुसार आफुले उक्त रकम नलिएकाे दाबी गरेका छन्। साथै उनले क्याम्पसका अन्य विद्यार्थी संगठन र नेविसंघकाे अर्काे गुट समेतले आफुलाइ बदनाम गराउन लागि परेकाे समेत ठाेकुवा गरेका छन्। साथै विभिन्न सञ्चारमाध्यममा समेत उक्त घटनामा मुछेर सुनुवाइकाे कुनै माैका नदिइ एकातर्फी रूपमा समाचार प्रकाशन र प्रसारण गरेकाेमा समेत आपत्ति जनाएका छन्।

उनी भन्छन्,’संगठनमा पद लाेलुप व्यक्तिहरूकाे कारणले जबरजस्ती मेराे नाम मुछिएकाे छ। यसमा मेराे घाेर आपत्ति रहेकाे छ। संगठन र व्यक्तिलाइ बदनाम गराउन गाेजीका सञ्चार माध्यमबाट गलत समाचार प्रकाशन प्रसारण गर्ने कार्य तुरून्त बन्द गरिनु पर्छ, यसमा सम्बन्धित निकायकाे ध्यानाकर्षण हुन जरूरी छ।’

साथै उनले नेताहरूसँग खिचिएकाे तस्विरकाे भरमा अनेकानेक टिकाटिप्पणी समेत नगरिदिनु हुन आग्रह गरेका छन्।