काठमाडाैँ, २४ चैत्र । नेकपा माओवादी केन्द्रकाे निर्देशन अनुरुप गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष केन्द्रका तर्फबाट सरकारमा सहभागी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले बुधबार राजीनामा बुझाएका हुन्।

माओवादी केन्द्रकाे बुधबार बिहान बसेको संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो।