दमक, १८ फागुन । ६ अर्ब रुपैयाँको लगानीमा एक वर्ष अघिबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
निजी लगानीमा बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईंले बिर्तामोड नगरपालिका–५ मा सञ्चालनमा ल्याभएको ३ सय शय्याको अस्पताल प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको हो।
अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा क्यान्सरको विश्वस्तरीय उपचार सम्भव हुने बताए।
उनले विदेशी नागरिकलाई समेत स्वास्थ्य उपचारका लागि नेपालमा आउन आग्रह गरे। नेपालमा सबैखाले उपचार सस्तो र राम्रो हुने बताउँदै उहाँले जस्तोसुकै स्वास्थ्य सेवा पनि अब नेपालमा पाइने दावी गरे।
अस्पतालबाट एक वर्षको अवधिमा करिब दुई हजार सात सय बिरामीले सेवा लिएका छन्। जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ।