पर्वत, २८ माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताएका छन्।
पर्वतको महाशीला गाउँपालिकामा आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्ग अन्तर्गत मिलनचोक–सुभद्रखर्क खण्डको शिलान्यास गर्दै उनले अदालतको निर्णय सबैले मान्नु पर्ने बताए।
अध्यक्ष तिमिल्सिनाले संसद विघटनका बारेमा अहिले सर्वोच्च अदालतमा बहस भैरहेकाले बोल्नु उचित नहुने पनि उनको भनाई छ।
उहाँले संविधानले सवै अधिकार नागरिकलाई दिएकाले यसको रक्षा र संविधानले दिएका अधिकारहरुको उपभोगका लागि सबै सचेत हुनुपर्नेमा जोड दिएका छन्।
पर्वतका वडा तहसम्म कालोपत्रे बाटो बनाउने काम भैरहेको उनले जानकारी दिए।
तिमिल्सिनाले अबको दुई वर्षभित्रमा वडा तहसम्म पनि कालोपत्रे सडकको पहुँच पुग्ने दावी समेत गरे।