काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा पूजा गरेका छन्।
आज बिहानै पशुपति मन्दिर पुगेर पशुपति नाथको पूजा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालपनि पशुपति गएको थियो।
पशुपतिमा प्रधानमन्त्रीले संकल्प पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
ओलीले पशुपति क्षेत्रमा करिब एक घण्टा बिताएका थिए। कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रमा हुँदै गरेका र भएका कामका बारेमा जानकारी दिए।
पशुपतिनाथको पूजा पछि ओली आजै दाङ जाने कार्यक्रम छ। दाङको राप्ती नदीमा बनेको देशकै दोस्रो लामो झोलुङे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गर्ने कार्यक्रम छ।