Featured News Iराजनीतिसमाचार डा. शेखर भन्छन् – प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहन्छ Facebook Twitter Pinterest WhatsApp काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीले आन्दोलन जारी राख्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको र त्यो असंवैधानिक भएकोले कांग्रेस आन्दोलनमा रहेको पनि कोइरालाको भनाइ थियो। कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा शनिबार गरेको कार्यक्रममा बोलेका कोइरालाले प्रधानमन्त्रीले घोषणा गरेको समय वैशाखमा चुनाव नहुने पनि बताए। उनले भने, ‘प्रधानमन्त्री ओलीले अराजनीतिक र असंवैधानिक काम गर्नुभएको छ, प्रतिनिधि सभा पुनर्स्थापनाको अरू कुनै विकल्प छैन।’ प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्नेमा पार्टी एकमत रहेको र कांग्रेसभित्र अहिले कुनै विवाद नरहेको पनि कोइरालाको भनाइ थियो। उनले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म निरन्तर रूपमा पार्टी आन्दोलनमा रहन्छ।’ प्रधानमन्त्री ओलीको कदम सच्याएर मात्रै कांग्रेसले सडक छाड्नुपर्ने उनको भनाइ थियो। EDITOR PICKS ‘पार्टी चलाउन सक्नुभएन, शेरबहादुरजी हार्नुहुन्छ’ : महामन्त्री कोइराला संक्रमण नियन्त्रणका लागि ‘लक-डाउन’ सम्मको तयारिमा जुट्यो सरकार देशभरका स्थानीय तहमा काँग्रेसको विरोध सभा हिल्सा नाका नखुलेपछि हुम्लीको दशैँ महँगीयो