काठमाडौं, १० माघ । उपराष्ट्रपति नन्दबहादुर पुनको रोहवरमा पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले भेट गरेका छन्।

नेकपा श्रोतका अनुसार भृकुटीमण्डपमा हिजो शुक्रबार भएको विरोध सभालगत्तै प्रचण्ड उपराष्ट्रपति निवास पुगेका थिए भने भैरहवामा रहेका भट्टराई पनि काठमाडौं आएलगत्तै उपराष्ट्रपति निवास पुगेका थिए।

श्रोतले भन्यो, ‘उपराष्ट्रपति निवास लैनचौरमा तीन जना बीच आधा घण्टा भन्दा बढी भेट भएको थियो।’

भेटमा अहिलेको राजनीतिक अवस्था र आगामी योजनाबारे छलफल भएको श्रोतको दावी छ।

उनीहरुले विगतको माओवादी आन्दोलनका बारेमा समेत छलफल गरेका थिए। उच्च श्रोतका अनुसार भेटका लागि उपयुक्त स्थान नै उपराष्ट्रपति निवास हुने ठहर गरेर प्रचण्ड र भट्टराई त्यहाँ पुगेका हुन्।

यसअघि पुस १४ गते भृकुटीमण्डपमा भएको विरोध सभा लगत्तै प्रचण्ड र बाबुरामको भेट भएको थियो। त्यो दिन पनि उपराष्ट्रपतिकै रोहबरमा भेट भएको हो। उच्च स्रोतका अनुसार प्रचण्ड र बाबुराम बिच अब सामुहिक आन्दोलन गरेर जानुपर्नेबारे समेत छलफल भएको थियो।