काठमाडौं, २९ पौष । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दौड जुलुस गर्ने भएको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले आज सम्पूर्ण जिल्लास्थित ईकाई तथा समितिहरूलाई परिपत्र गर्दै दौड जुलुस, सिठ्ठी जुलुसलगायत विरोध कार्यक्रम गर्न निर्देशन दिएका हुन्।

माघ २ गते ७७ जिल्लामा दौड जुलुस गर्ने, माघ ७ गते सिठ्ठी जुलुस गर्ने र कांग्रेसले आयोजना गर्ने विरोध कार्यक्रममा भव्य सहभागिता जनाउन नेविसंघ अध्यक्ष ढुंगानाले निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए ।