काठमाडौं, २९ पौष । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक चार बजेका लागि बोलाइएको भए पनि ५ बजे मात्रै बैठक सुरु भएको बालुवाटार श्रोतले जनाएको हो।

सोमबार र बिहीबार नियमित भए पनि बुधवारका लागि भने प्रधानमन्त्रीले आकस्मिक रूपमा बैठक डाकेका हुन्।

बैठकले नियमित प्रस्तावसँगै केही अन्य निर्णयहरू पनि गर्न सक्ने बताइएको छ।