काठमाडौं, २९ पौष । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको आरोप लगाएका छन्।

दाहाल–नेपालपक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्वोधन गर्दै दाहालले पार्टी एकता गर्दा हतार नगरेको दाबी गरे।

नेकपाको पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीको विधान अनुसरण गर्दै अघि बढेको र आफूहरु नै पार्टीको मूल धार, विधि र संस्थागत भएको उनको दावी छ।

भेलालाई सम्वोधन गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन भारतको इशारामा गरेको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन्।

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताए।