काठमाडौँ, २३ असाेज । काेराेना भइरसकाे संक्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसहित अन्य मुक्त भएका छन्।

प्रेस सल्लाहकार सूर्य थापाद्वारा जारी ट्विटमा बिहीबार पिसीआर परीक्षणका क्रममा प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई समेतकाे नेगेटिभ रिपोर्ट आएको उल्लेख गरेका छन्।

उनीसँगै प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो। थापा र भट्टराई सङ्क्रमण मुक्त भएका छन्।

उनलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो।