काठमाडाैँ, २३ असार । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ।

एक मन्त्रीका अनुसार ट्याक्सी सहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे पनि छलफल भएको थियो। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी चालक बाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको वताइएकाे छ।

स्राेतका अनुसार ट्याक्सी तथा सार्वजनिक यातायात सञ्चालनबारे कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा छलफल गरेर निर्णय हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै थप कडाइ गर्ने निर्देशन दिएका छन्।