काठमाडाैँ, १७ असार । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई स्थायी समिति बैठकबाट राजीनामाका लागि निर्देशन दिने निर्णय ललितपुरको झम्सिखेलस्थित अँगेनो रेष्टुरेन्टमा सम्पन्न भेलाले निष्कर्ष निकालेको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ४५ सदस्यीय स्थायी समितिकाे बहुमतबाट राजीनामा गराउने भेलाले साे निष्कर्ष निकालेकाे हाे। साँझ ५ बजेबाट ८ बजेसम्म चलेको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ३० जना नेता सहभागी थिए। भेलामा पर्यटनमन्त्री योगेश भट्टराईबाहेक सरकारमा सहभागी प्रचण्ड र नेपालनिकट सबै मन्त्रीहरू सहभागी भएका थिए।

बुधबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको परामर्शमा सहभागी गृहमन्त्री रामबहादुर थापा ‘बादल’समेत बैठकमा सहभागी भएको एक नेताले जानकारी दिएका छन्।

बैठकमा उपस्थित नेकपाका भिम रावलका अनुसार पार्टि विधि विधान र एकताबद्ध भएर चल्नु पर्नेमा ति कुनै निर्णय पालना नभएकाे र पार्टिका निर्णयहरूकाे समेत पालना नभएकाेले याे भेलाकाे आवश्यकता परेकाे पुष्टि गरेका छन्।