काठमाडाैँ, १७ असार । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा कार्यरत २५ जना कर्मचारीहरुको कोरोना विशेष बीमा गरेको छ।

केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्यलाई दृष्टिगत गर्दै काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कोरोना विशेष बीमा गरिदिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।