काठमाडौँ, १७ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रत्येक दिन साँझ बिहान पुग्ने व्यक्ति थिए मातृका यादव। उनी उद्योग मन्त्री हुँदा पनि प्रचण्डको निवासमा दिनहुँ पुग्ने गर्थे। मातृकालाई मन्त्रिमण्डलबाट निकाल्न प्रधानमन्त्री केपी ओलीले निकै प्रयाश गरेका थिए। धेरै पछि मात्र उनलाई निकाल्न ओली सफल भएका थिए।

मातृका यादवका बारेमा गुन्द्रुक खबरले केही जानकारी पाएको छ। स्रोत अनुसार भारत र प्रचण्ड बीचको सम्पर्क सेतुका रुपमा मातृकाले काम गरिरहेका छन्। त्यसैले उनी प्रत्येक दिन प्रचण्डसँग भेट्छन्। अहिले पनि हरेक दिन प्रचण्डको निवासमा मातृका पुग्ने गरेका छन्। मातृकाको नियमित उपस्थितिलाई लिएर प्रचण्डको टिमभित्र व्यापक प्रश्न उठ्ने गरेको छ।

विनोद चौधरीले दिएको फ्ल्याटमा मातृका यादव बस्ने गरेका छन्। विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क भएका व्यक्ति हुन्। विनोद अहिले नेपाली कांग्रेसका सांसद् समेत छन्।

स्रोत अनुसार डा. बाबुराम भट्टराईसँग पनि मातृकाले नियमित भेट्ने गरेका छन्।