संघिय संसद

काठमाडौँ, १५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा अघि बढाईएको छ।

चौतर्फी आलोचनापछि सत्तारुढ नेकपाले तत्काल अगाडि नबढाउने निर्णय गरेको भए पनि राष्ट्रियसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ संशोधन गर्न बनेको विधेयकलाई राखिएको हो।

राष्ट्रियसभाको बैठक सोमबार दिउँसो बस्दैछ। सो बैठकको सम्भावित कार्यसूचिमा अख्तियार सम्बन्धी संशोधन विधेयक पनि रहेको हो।

यस्तै विज्ञले पनि सरकारले ध्यान अन्यत्र लैजानका लागि विधेयक ल्याएको बताएका छन्। त्यसपछि नेकपाको असार १२ गतेको स्थायी समिति बैठकले तत्काल सो विधेयक राष्ट्रियसभामा अघि नबढाउने निर्णय गरेको थियो।

सो विधेयकको निजी क्षेत्रले चर्को विरोध गरेका छन्।