काठमाडाैँ, १४ असार । सामान्य विवादमा नेकपा र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा सर्लाहीको धनकौल गाउँपालिकामा गाेली चलेकाे गुन्द्रुक खबरलाइ उदृत गर्दै एक स्थानीयले वताएका छन्।

नेपाली काँग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र रहेकाे धनकाैल गाउँपालिकामा झडपकाे क्रममा चलेकाे गालीबारे हालसम्म प्रहरीले गोली चलेको पुष्टि भने गरिसकेको छैन।

प्रारम्भिक विवरण अनुसार चलेकाे गोलीको छर्रा लागेर एक दर्जन भन्दा बढी घाइते भएकाे वताइएकाे छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले व्यक्ति व्यक्तिबिचकाे झगडाले राजनीतिकरणकाे ठूलो रुप लिएको बताएका छन्। हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेर स्थिति नियन्त्रणमा लिइ सकेकाे छ।

प्रजिअ जिसीका अनुसार कुन पक्षबाट गोली प्रहार भएको भन्ने स्पष्ट भइनसकेको वताएका छन्। अधिकांशको ढाडमा गोली लागेको समेत बताएका छन्। घाइते सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको जानकारी आएकाे छ।