काठमाडाैँ, १४ असार । आइतबार मन्त्रालयमा आयाेजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्तरीय कार्य सम्पादन नगर्ने कर्मचारीलाई विनम्रता पूर्वक हटाइने उद्घाेष गरेका छन्।

एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराइले आगामी आर्थिक वर्षको सुरुबाटै काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने साथै राम्रो काम नगर्ने कर्मचारीलाई हटाइने समेत बताएका छन्। त्यस बेला मन्त्रीले बलपूर्वक हटायो भनेर भन्न समेत नपाइने वताएका छन्।

सम्झौता अनुसार काम भए/नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारबाही गरिने समेत वताएका छन्। साथै चालू वर्षमा सम्पन्न हुन बाँकी काम १५ दिनभित्र पूरा गरिसक्न समेत निर्देशन गरेका छन्।