काठमाडौँ, १३ असार । कोरोना भाइरस परीक्षण गर्ने किटको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा नअाएकोले दुखी बनाएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले वताएका छन्।

नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने विष्तृत अध्ययन समेत नगरी राज्यको ढुकुटीको ६ करोड अनावश्यक किट खरिद गरेर अपव्यय भएको छ। प्रवक्ता पाण्डे भन्छन्,’हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अनुरोधमा किट खरिद गरेका हौँ । तर, अहिले प्रयोगमा आएन भन्ने जवाफले सबैलाई दु:खी बनाएको छ । स्पेसिफिकेसनमा मागेको भन्दा फरक किट आएको भए सुरुमा स्वास्थ्यले हामीलाई भन्नुपर्थ्यो। त्यस्तो अवस्थामा हामीले त्यसलाई तत्काल फिर्ता गरेर सबैमा मिल्ने मगाउने थियौँ ।’

‘हामीले ल्याएका किट सेटमा मात्रै प्रयोग गर्न मिल्ने देखियो । सेटको किटलाई भिटिएम र आरएनए एक्स्ट्रयाक्सन फरक–फरक रूपमा वितरण गर्दा समस्या आएको हुन सक्छ भन्ने हाम्रो बुझाइ छ ।’ प्रवक्ता वताउँछन्।