काठमाडाैँ, १० असार । वार्षिक नीति, कार्यक्रम तथा बजेटबारे छलफल गर्न धरान उपमहानगरपालिकाकाे कार्यपालिका बैठक जारी रहेकाे छ।

नगरसभा दिउँसो १ बजेबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा जारी रहेकाे छ। बजेट तथा कार्यक्रममा वडाअध्यक्षहरुको असन्तुष्टी कायमै रहेकाे परिस्थितिमा साे बैठक बाेलाइएकाे हाे। छलफल सकरात्मक रुपमा अघि बढीरहेको र नगरसभा हुने सम्भावना भएको स्राेतले बताएकाे छ।

गौरवको आयोजना भएका वडालाइ अायाेजनाका अाधारमा बजेट विनियाेजन गर्नुपर्ने प्रतिनिधिहरूकाे माग रहेकाे छ।