काठमाडाैं । सरकारले राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा  आइबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे।

राष्ट्रिय सभाकोहिउँदे अधिवेशन पुष १७ गतेबाट सुरु भएको हो। आज बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्।

प्रतिनिधि सभा विघटन भएकाे अवस्थामा महत्वपूर्ण एजेण्डा नहुने भएकाले अधिवेशन अन्त्य गर्न लागिएकाे बताइएकाे छ।