काठमाडाैँ, १२ वैशाख। श्री एयरलाइन्सको जेट जहाज अत्यावश्यक स्वास्थ्य सामग्री लिएर शुक्रबार काठमाडौँ आइपुगेको छ।

सिङ्गापुरबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वताइएकाे छ।

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जहाजले सरकारी ५० केजी र कमर्सियल कार्गो ११९ केजी स्वास्थ्य सामग्री र उपकरण ल्याएको वताएका छन्। दुवै सामग्री निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयका लागि ल्याएको हो।

ती सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको समेत कम्पनीले वताएको छ।