काठमाडौँ । कोरोना संक्रमणको आशंकामा पाँचजना विदेशी नागरिक राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएका छन्।

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दियो। 

अस्पताल श्रोतका अनुसार भर्नाहुने पाँच जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। उनीहरू दुईदिन अघि अस्पताल भर्ना भएका हुन्।

उनीहरु मध्ये एकजनामा गम्भीर निमोनिया देखिएपछि सुरुबाटै आइसियूमा राखेर उपचार भइरहेको बताइएको छ।

टेकु अस्पतालका सबै आइसोलेसन बेड बिरामीले भरिएका छन्।