काठमाडौं, १७ चैत्र । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १४७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ११५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको हो।
हाल देशभर १ हजार ३ सय ९० जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप तीनजनाको मृत्यु भएको छ।
देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३० पुगेको छ।