Featured News Iसमाचारस्वास्थ्य भारतका १८ बढी राज्यमा नयाँ स्वरुपको कोभिड-१९ भाईरस भेटियो Facebook Twitter Pinterest WhatsApp एजेन्सी, ११ चैत्र । भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट भैसकेको छैन। कोरोना भाइरसको यो नयाँ रुप विदेशमा पनि भेटिइसकेको छ। पछिल्ला केही दिनदेखि विश्वका विभिन्न देशसँगै भारतमा पनि कोरोनाको संक्रमण तीब्र रुपमा बढिरहेको छ। भारतका विभिन्न राज्यमा भेटिएको यो नयाँ किसिमको भाइरसले शरीरको प्रतिरोधी प्रणालीबाट बचेर संक्रमण बढाउने गरेको विज्ञहरुले बताएका छन्। यो किसिमको भाइरस कोरोना देखिएका १५ देखि २० प्रतिशत नमूनामा पाइएको बताइएको छ। कोरोना भाइरसको नयाँ रुप यसअघि देखिएको कोरोनाको प्रकृतिसँग मेल नखाने पनि विज्ञले बताएका छन्। EDITOR PICKS कोरोना संक्रमणबाट काभ्रेमा थप एकको मृत्यु अष्ट्रेलियासँग भारत ६६ रनले पराजित सेनाले खुलाएको५२ अर्बको ठेक्कामा लेखा समितिको छानविन – अनियमितताको उजुरी उपचार खर्च नतिरेको भन्दै नोबेल शिक्षण अस्पतालले शव दिएन