स्वास्थ्य मन्त्रालय
काठमाडौं, ८ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि अनुरोध गरेको छ।
केही हप्तादेखि छिमेकी देश विशेषगरी भारतमा कोरोनाको संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती गतिविधिहरु नगर्न आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले आफूहरुले निर्देशन दिन नसक्ने भएकाले सबैमा अनुरोधमात्र गरिएको बताए।
मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्नसमेत सबैमा आग्रह गरेको छ।
नेपालमा पनि पछिल्ला केही हप्तादेखि संक्रमित बढे पनि स्वास्थ्य मापदण्डको पालना भने विरलै हुने गरेको पाइएको छ।
कोरोनाका संक्रमितहरु बढिरहँदासमेत सरकारबाटै स्वास्थ्य मापदण्डको ब्यापक उल्लंघन हुँदै आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रीहरुले हजारौंको संख्यामा भीड भेला गरेर सभा आयोजना गर्दै आएका छन्।
सभा, गोष्ठी र भीडभाड हुने व्यवसाय नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध