काठमाडौं,  १८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण देखिएको छ। ४ हजार १ सय २७ जनामा भएको पीसीआर परीक्षणमा ४५ पुरुष र ३३ जना महिलामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार आज भेटिएका संक्रमितको संख्या परीक्षणको तुलनामा १ दशमलव ८८ प्रतिशत हो। यो संख्या परीक्षणको तुलनामा १ बर्ष यताकै सबैभन्दा कम हो।
हालसम्म नेपालमा २ लाख ७४ हजार २ सय ९४ जनामा संक्रमण देखिएको छ । २४ घण्टा भित्र थप ७२ जना संक्रमण मुक्त भएका छन्। देशभर २ लाख ७० हजार ५ सय ४३ जनाले संक्रमण जितेका छन् । देशभर ९ सय ७४ सक्रिय संक्रमित छन्।