काठमाडौं, २९ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका हुन्।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ। २४ घण्टामा ४१४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ। गत २४ घण्टामा ४ हजार १५४ जनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।