काठमाडौँ, २७ पाैष । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दुइ जनाकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा दाङको घोराही–२ का ३९ वर्षीय पुरुष र सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुष रहेका छन्।

अस्पतालका अनुसार दाङका ३९ वर्षीय पुरुषको सोमबार दिउँसो १२ः१० बजे मृत्यु भएको हो। स्वास्थ्यमा समस्या आएपछि १९ पुसमा भेरी अस्पतालको आईसीयू कक्षमा उनी भर्ना भएका थिए।

त्यसै गरी सुर्खेतका ५५ वर्षीय पुरुषको सोमबार बिहान सात बजे उपचारका क्रममा मृत्यु भएको हाे। स्वास्थ्यमा समस्या देखिएपछि पुस १८ गते कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनमा संक्रमण पुष्टि भएको थियो।