काठमाडौँ, २६ पाैष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा थप २५९ जनामा कोरोना भाइरसकाे संक्रमण फेला परेकाे छ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै पछिल्लाे २४ घण्टामा थप १२६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। जस मध्ये काठमाडौँमा ९९, भक्तपुरमा ९ र ललितपुरमा १८ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ। ५१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ।

हाल देशभर ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ३ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ पुगेको छ।