काठमाडौं, २३ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरसकाे संक्रमण फेला परेकाे छ।

त्यसै गरी काठमाडौँ उपत्यकामा थप २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जस मध्ये काठमाडौँमा १९८, भक्तपुरमा २५ र ललितपुरमा २८ जना कोरोना संक्रमित थपिएका छन्।

बिहीबार ४८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ।