काठमाडाैँ, ९ असाेज । काेराेना भाइरसकाे संक्रमणबाट नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएकाे छ।

मृत्यु हुनेमा नेपालगञ्ज–३, एकलैनीका ५२ वर्षीय पुरुष रहेका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहान २ः २५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनको दुवैतिर फोक्सोको निमोनिया थियो।

स्वास्थ्यमा समस्या भएपछि असोज ६ गते अस्पताल भर्ना गरिएको थियो। सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएकाे थियाे।