काठमाडाैँ, ५ भाद्र । सिंहरदबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको छ।

स्वाब संकलन गरिएका ४६ जना मध्ये उनको मात्र पोजेटिभ आएको मन्त्रालयमा कार्यारत एक अधिकारीले वताएका छन्।

संक्रमित महिला कार्यरत महाशाखाका कर्मचारीहरु केही दिन नआउन भनिएको छ।