गुल्मी, १६ असार । गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन्।

नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ। ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन्। जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ।