काठमाडाैँ, १४ असार । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले लकडाउकै बीच हुम्लाको ताजाकोट गाउँपालिका पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

केसीले हिँडेरै ताजाकोट पुगी संचालन गरेकाे शिविरमा झन्डै डेढ सय बिरामीको उपचार गरेका हुन्। उनी सुदूरपश्चिमको दार्चुला, डडेल्धुरा, बाजुरा हुँदै हुम्ला पुगेका थिए। सामाजिक दूरी कायम गर्दै स्थानीयलाई हाडजोर्नी सम्बन्धी उपचार प्रदान गरेका थिए।

साथै साे शिविरमा बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो।