काठमाडाैँ, १३ असार । कोरोना भाइरस संक्रमणका कारण पाल्पामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा संक्रमण पुष्टि भएकाे वताएका छन्।

संक्रमण पुष्टि हुनेमा नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवान रहेका छन्।  शव व्यवस्थापन गरेको दिन देखि नै जवानहरुलाई आइसोलेसनमा राखिएको थियो।