काठमाडौँ, ९ असार । कोरोना भाइरसको लक्षण नदेखिएका संक्रमितलाई पीसीआर परीक्षण नगरी घर पठाउने सरकारी निर्देशिका कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएकाे छ।

सरकारका नाममा अन्तरिम आदेश दिंदै सर्बोच्चले पूर्ण रुपमा संक्रमण मुक्त भएको सुनिश्चितता भएपछि मात्रै बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न निर्देशन दिएकाे हाे।

[pdf-embedder url=”http://gundrukkhabar.com/wp-content/uploads/2020/06/kovid-19-2077-03-09-Santosh-Bhandari.pdf” title=”kovid-19-2077-03-09 Santosh Bhandari”]

न्यायाधीशहरु आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्ताङको इजलाशले अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाई गर्दै पूर्ण रुपमा निको भएको सुनिश्चिता गरेर मात्रै बिरामीलाई घर पठाउन आदेश दिएको हो।

जेठ २० गते सरकारले उपचारमा रहेका कोरोना संक्रमितलाई लक्षण नदेखिएका आधारमा डिस्चार्ज गर्ने र उनीहरुको पीसीआर परीक्षण गर्न नपर्ने निर्देशिका जारी गरेकोमा सर्बोच्च अदालतको यस्तो आदेश आएको हो।

आफ्ना नागरिकको पूर्ण रुपमा उपचार गर्ने दायित्वबाटसरकार भाग्न नमिल्ने बताउँदै स्वास्थ्य उपचारलाई संविधानले मौलिक हक अन्तर्गत राखेको स्मरण गराएको छ।

सर्वोच्चले उक्त निर्देशिकाको दफा ६ मा उल्लेखित लक्षण नभएका बिरामीलाई पीसीआर परीक्षण बिनै घर पठाउने निर्देशन हाल कार्यान्नयन नगरी पीसीआर परीक्षणपछि रोग मुक्त भएको सुनिश्चितता भए मात्रै घर पठाउन आदेश जारी गरेको छ।